Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माइतीघरमा नरवणे भ्रमणको २१ दलीय मोर्चाद्वारा विरोध

    माइतीघरमा नरवणे भ्रमणको २१ दलीय मोर्चाद्वारा विरोध

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् ।

    माइतीघर मण्डलामा माेर्चामा सहभागीहरूले विरोध गरेका हुन् ।



    नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।



    माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।

    नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार