Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मनिषाले किन भेटिन् प्रधानमन्त्री ओलीलाई?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनिषा कोइरालाले मंगलबार भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति, कोभिड-१९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा समेत चासो राख्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक कुरा राख्नुभएको प्रेस सल्लाहकार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077