Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपा विवाद-शितल निवास प्रवेश : एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह

    नेकपा विवाद-शितल निवास प्रवेश : एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई पार्टी फुट्नबाट जाेगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छिन् ।

    मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका गौतमलाई राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी हुन् ।



    नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारी आफैले भेट्न बालाएर ‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ ।



    यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई आग्रह गरेकाे गाैतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

    जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार