Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • रातो हाब्रेको छालासहित चार पक्राउ

    रातो हाब्रेको छालासहित चार पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    बाँके । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ ।

    कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् ।



    यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार