Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दक्षिण एसियामा पहिलो पटक चाउचाउ उत्पादन सुरु गरेका सांसद केसीको निधन

    दक्षिण एसियामा पहिलो पटक चाउचाउ उत्पादन सुरु गरेका सांसद केसीको निधन

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2.9K
    SHARES

    पोखरा । उद्योगी एवम् प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति पोखरामा निधन भएको छ ।

    मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको बताइएको छ ।



    दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन सुरु गरेका केसीले हिमश्री फुड्स प्रालि स्थापना गरेर पोखरामा रारा चाउचाउ उत्पादन सुरु गरेका थिए । केसीले २०३९ माघ २३ गतेबाट पोखरामा रारा चाउचाउको उत्पादन शुरू गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए । केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत रहेका थिए।



    राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाटै समानुपातिक सांसद बनेका थिए । प्रतिनिधिसभा निर्वाचनको मुखै उनी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभिामा पठाएको थियो ।

    ६३ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको अचानक रक्तचाप कम भएपछि निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

    कोरोना भाइरसको महामारी फैलिएसँगै उनको मिर्गौला रोगको नियमित फलोअप समेत हुन पाएको थिएन। फलोअपका लागि उनी भारतको नयाँ दिल्ली जाने गर्ने । त्यहि उनको उपचारपछि नियमित फलोअप हुँदै आएको थियो। सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए ।

    केसीका श्रीमती र तीन जना छोरा छन् । सांसद केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार