Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • दुई वर्षदेखी फरार अभियुक्त पक्राउ, सजाय भुक्तानका लागि कारागार चलान

    दुई वर्षदेखी फरार अभियुक्त पक्राउ, सजाय भुक्तानका लागि कारागार चलान

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    झापा । जिल्ला अदालत झापाबाट दुई वर्षअघि १७ वर्ष कैद र एक लाख ५० हजार रूपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।

    जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १२ निवासी अभियुक्त मेचेलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो ।



    जिल्ला अदालतको आदेशले अभियुक्तलाई कैद सजायका लागि आइतबार चन्द्रगढी कारागार चलान गरिएको हो ।

    सुनिलकुमार अग्रवालको जाहेरीले मानव अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा निज मेचेलाई २०७५ फागुन २७ गते अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार