Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुबईमा आईपीएल, नेपालमा सट्टाबाजी गरी ५० लाख ठगी गर्ने दुई जना पक्राउ

    दुबईमा आईपीएल, नेपालमा सट्टाबाजी गरी ५० लाख ठगी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 4.5K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले लकडाउनको समयमा अनलाइनमार्फत क्रिकेटको सट्टाबाजी गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। 
    पक्राउ पर्नेहरुमा प्यूठान घर भई ललितपुर बस्ने वर्ष ३८ का दिपक गुरूङ भन्ने डुबलाल घर्तिमगर र सोही ठेगाना भएका वर्ष २० का सुनिल पुनमगर रहेका छन् ।
     दुबईमा अहिले इण्डियन प्रिमियर लिग(आईपीएल) खेल भइरहेको बेला उनीहरुले अनलाइनमार्फत क्रिकेटमा जुवा खेलाएर ५० लाख ठगी गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान थालिएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले वताए। 
    महाशाखाको टोलीले  घर्तिमगरको साथबाट ल्याल्पाप्टप, मोबाइल र भारतिय आधार कार्डहरू बरामद गरेको छ। पुनमगरको साथबाट  नगद ८ लाख र मोबाईल बरामद गरेको छ।  घर्तिमगर श्रीलंकन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा ऐजेन्टको रूपमा रहेको खुल्न आएको छ ।
    घर्तिमगरले दिपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधारका समेत बनाएको खुलेको छ ।
    घर्तिमगरले भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरू जुवा खेलाउने गरेको पनि महाशाखाको अनुसन्धानबाट खुलेको छ ।
    पक्राउ परेका दुबै जनाले मोबाईलमार्फत अनलाईन जुवा खेलाई क्रिकेटको सट्टाबाजी गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान गरी कानुनी कारवाही गरी पाउँ भन्दै पीडितहरु दिल बहादुर बुढाथोकी (दमक), अमृत गुरूङ (पोखरा), मुकुन्द थापा (भक्तपुर), गणेश के.सी.(पेप्सिकोला), दिपेन्द्र राई (जोरपाटी) र मदन कार्की (काठमाडौं ) ले अपराध महाशाखालगायतका निकायहरुमा उजुरी दिएपछि महाशाखाले छानविन थालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार