Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गोरखामा प्रजिअसहित ३२ जनामा काेराेना संक्रमण

    गोरखामा प्रजिअसहित ३२ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 3.2K
    SHARES

    गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका ७ जनामा, अजीरकोट गाउँपालिकाका ७ जना, शहीद लखन गाउँपालिकाका ४ जनामा र आरुघाट गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार