Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : कोलकतासँग राजस्थान पराजित , प्लेअफमा पुग्ने सम्भावना बढी

काठमाडौं । यूएईमा जारी इण्डियन प्रिमियर लिग(आईपीएल) खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कोलकाताले राजस्थानलाई ६० रनले पराजित गरेको हो। कोलकाता टिमका शीर्ष ब्याट्सम्यानले अपेक्षा गरे जस्तो प्रदर्शन गर्न सकेनन। कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

कोलकाताका कप्तान इयोन मोर्गनले  ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे। त्यस्तै, राहुल त्रिपाठीले ३९ रन बनाउँदा शुभमन गिलले ३६ र आन्द्रे रसेलले २५ रन बनाए।

राजस्थानका लागि राहुल तेवाटियाले तीन विकेट लिए। कार्तिक त्यागीले २ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र समान १/१ विकेट लिए। १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाएको थियो ।

जितसँगै अंक तालिकाको चौँथो स्थानमा उक्लिएको कोलकताको प्लेअफमा पुग्ने संभावना रहेको छ । सोमवार हुने खेलमा दिल्ली क्यापिटल्स अथवा रोयल च्यालेन्जर्स बेंग्लोर ठूलो अन्तरले पराजित भएमा पनि कोलकता प्लेअफमा जाने सम्भावना रहन्छ।

मंगलवार हुने खेलमा मुम्बइ इन्डियन्ससँग सनराइजर्स हैदराबाद पराजित भएमा पनि कोलकता प्लेअफमा जानेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077