Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • हिजबुल मुजाहिद्दीनका कमाण्डर सैफुल्लाह भारतीय सेनासँगको भीडन्तमा मारिए

    हिजबुल मुजाहिद्दीनका कमाण्डर सैफुल्लाह भारतीय सेनासँगको भीडन्तमा मारिए

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। भारतीय प्रशासित काश्मिरका अधिकारीका अनुसार भारतीय सुरक्षा सेनाले आइतवार चरमपन्थी समूह हिजबुल मुजाहिद्दीनका प्रमुख कमाण्डर सैफुल्लाह मीर भिडन्तमा मारिएका छन्।

    सैफुल्लाको विमानस्थल नजिकै रुंग्रेथ क्षेत्रमा श्रीनगरमा भएको एक भिडन्तमा मरेका हुन । उनका एक सहायक पक्राउ परेका छन्।



    भारतीय सेनासँगको भिडन्तमा घाइते भएका अतिवादीहरूको उपचार गर्न सैफुल्लाह मीरलाई मुसैब वा डाक्टर सैफी पनि भनिन्थ्यो।



    समाचार एजेन्सी एएफपीका अनुसार काश्मिरका प्रहरी महानिरीक्षक विजय कुमारले भने, ‘मुठभेड़मा मरेका अतिवादी हिजबुल मुजाहिद्दीनका अपरेशन चीफ कमाण्डर डा. सैफुल्लाह हुन्। यो हाम्रो लागि ठूलो सफलता हो।’

    यस वर्षको मेमा हिज्बुल मुजाहिद्दीन प्रमुख रियाज नाइकू दक्षिण काश्मीरमा सुरक्षा बलोंसँगको एक भिडन्तमा मारिएका थिए । उनको मृत्यु पछि सैफुल्लाह प्रमुख कमाण्डर बने ।

    ३१ वर्षीय सैफुल्लाह दक्षिण कश्मीर पुलवामा, कुलगाम र शोपियांमा बढी सक्रिय थिए। सैफुल्लाह भारतीय जनता पार्टी(बिजेपी) का तिन नेताको हत्याका योजनाकार रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार