Online Nepal
  • बुधबार, १० पुष २०८१
  • १२ लाख आप्रवासी भित्र्याउने क्यानडाकाे याेजना

    १२ लाख आप्रवासी भित्र्याउने क्यानडाकाे याेजना

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ ।

    क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् ।



    साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले क्यानडाको अर्थतन्त्र र श्रम बजार कमजोर बनेको अवस्थामा क्यानडाले यस्तो योजना ल्याएको हो ।



    ओटावामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेन्डिसिनोले सन् २०२१ मा चार लाख एक हजारलाई स्थायी बसोबासको अनुमति दिने, सन् २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजारलाई यो अनुमति दिने बताएका हुन् । उनले अहिले क्यानडालाई धेरैभन्दा धेरै कामदारहरु चाहिएको र त्यसका लागि आप्रवासन महत्वपूर्ण हुने उनको भनाइ छ । उनले क्यानडाको श्रम बजारमा बाहिरबाट आएका मानिसहरुले महत्वपूर्ण भूमिका निभाइरहेको बताएका छन् । स्रोत : अलजाजिरा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार