Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

    गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 3K
    SHARES

    लण्डन । विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

    गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।



    सङ्घका स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।



    हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ । गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार