Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

    चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।



    केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।



    अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।

    कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ ।

    वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउँछन् ।

    उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिन्छन् । डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार