Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • फ्रान्समा फेरि आक्रमण, गोलाबारीमा पास्टर घाइते

    फ्रान्समा फेरि आक्रमण, गोलाबारीमा पास्टर घाइते

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3.4K
    SHARES

    एजेन्सी। फ्रान्सको शहर लियोनमा फेरी एक आक्रमण भएको छ।  एक अर्थोडक्स पादरी गोलाबारीमा घाइते भएका छन् ।

    पुलिस स्रोतहरूलाई हवला दिंदै गोलाबारीछि आक्रमणकारी घटनास्थलबाट फरार भएको बिबिसीले जनाएको छ ।



    फ्रान्सेली गृह मन्त्रालयले घटनाको बिषयमा  ट्वीट गरे पनि यस घटनामा के कारबाही भइरहेको छ भन्ने बारे कुनै जानकारी दिइएको छैन।



    सुरक्षा बलहरू लियोनको ‘सातौं अरान्डिसमोन’ मा रहेको र मानिसहरूलाई त्यस क्षेत्रमा जानबाट टाढा रहन आग्रह गरेको छ। मिडिया रिपोर्ट अनुसार पादरीहरूले चर्च बन्द गरिरहेको बेला गोलाबारी भएको थियो।

    एक प्रहरी स्रोतले एएफपी समाचार एजेन्सीलाई  संदिग्ध आक्रमणकारी शट्गनको साथ आएको र हमला गरेपछि भागेको उल्लेख गरे । यद्यपि बीबीसीले यस शटगनको बारेमा जानकारीको पुष्टि गरेको छैन।

    पादरीको अवस्था गम्भीर छ। एक प्रहरी अधिकारीले रोयटर्सको समाचार एजेन्सीलाई  पादरीलाई ‘घातक चोटपटक’ लागेको  उल्लेख गरेका छन् ।

    यो घटना हुनुभन्दा  अघि दक्षिणी फ्रान्सेली शहर नाइसको एउटा चर्चमा चक्कुहमलामा तीन व्यक्तिको मृत्यु भएको थियो ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई ‘इस्लामिक आतंकवादी हमला’ को रूपमा वर्णन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार