Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनले आफ्ना नागरिकलाई गोप्य रूपमा कोरोना खोप लगायो, सुचना ‘लिक’ गरे कारवाहीको चेतावनी

    चीनले आफ्ना नागरिकलाई गोप्य रूपमा कोरोना खोप लगायो, सुचना ‘लिक’ गरे कारवाहीको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 5.3K
    SHARES

    एजेन्सी। चीनले अहिलेसम्म करोडौं मानिसहरूलाई गोप्य रुपमा कोरोना खोप दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

    तर चीनमा खोप  प्राप्त गर्ने व्यक्तिहरूलाई खोपको बारेमा गोप्य जानकारी राख्न आग्रह गरिएको छ। धेरै कम्पनीका कर्मचारीहरुलाई खोपको बारेमा गोप्य राख्न र कसैलाई भनेमा कारवाही गर्ने चेतावनी दिइएको छ।



    latimes.comको रिपोर्टका अनुसार केही कम्पनीमा काम गरिरहेका व्यक्तिहरू खोपको बारेमा जानकारी गोप्य राख्नुपर्दछ भन्ने कुरामा छक्क परेका थिए।



    यद्यपि चीनमा खोप लिने व्यक्तिलाई चीन नेशनल बायोटेक ग्रुपले उनीहरूलाई खोप दिइएको बताइएको छ।  यो समूह चिनियाँ सरकारी कम्पनी सिनोफर्मको हिस्सा हो। सिनोफर्मले युएई, पेरू, मोरक्को र अन्य धेरै देशहरूमा यसको कोरोना खोप परीक्षण गर्दैछ। अहिले सम्म, यस कम्पनीको भ्याक्सिनको ३ चरण परीक्षणहरू पूर्ण भइसकेका छैनन्।

    क्लिनिकल परीक्षणमा संलग्न व्यक्तिहरूको अनुगमन भइरहेको छ, तर खोप लगाईएका विभिन्न कम्पनीहरूमा काम गर्नेलाई अनुगमन गरिदैन।

    सेप्टेम्बरमा चीन नेशनल बायोटेक ग्रुपले भन्यो ३५  लाख मानिसहरूलाई क्लिनिकल परीक्षण बाहिर खोप दिएको थियो । चिनियाँ सेनाले पनि जूनमा कोरोना खोप प्रयोग गर्न सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार