Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुम्बईसँग दिल्लीकाे लज्जास्पद हार

    मुम्बईसँग दिल्लीकाे लज्जास्पद हार

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 4K
    SHARES

    काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ ।

    दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेकाे थियाे । उसका लागि इशान किशनले नटआउट ७२ रन बनाए । उनले क्विन्टन डिककसँग मिलेर राम्रो सुरुवात गरेका थिए ।



    पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेर डिकक व्यक्तिगत २६ रनमा आउट भए । तर इशानको शानदार प्रदर्शन कायमै रहृयो । ३७ बलमा अर्धशतक पुरा गरेका उनले १५औं ओभरको दोस्रो बलमा छक्का हानेर मुम्बईलाई जित दिलाए ।



    यसअघि जसप्रित बुमराह र ट्रेन्ट बोल्डको बलिङमा मुम्बई, दिल्लीमाथि हावी भएको थियो । टिल्लीको टिम इनिङभर रन जोड्न संघर्षरत रहे र २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोड्न सक्यो । उसका कप्तान श्रेयस अथ्यरले २५ र ऋषभ पन्तले २१ रन बनाए ।

    मुम्बईका लागि बुमराहले १७ रन दिएर ३ तथा बोल्टले २१ रन दिएर ३ विकेट लिएका थिए । आईपीएल १३ मा मुम्बईको यो नवौं जित हो भने दिल्लीको छैटौं हार हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार