Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आमालाई कुटपिट गरी घाइने बनाउने छाेरा पक्राउ

    आमालाई कुटपिट गरी घाइने बनाउने छाेरा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.7K
    SHARES

    सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ ।

    आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको सूचनाका आधारमा बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार