Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण २२ जनाको मृत्यु

    टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3K
    SHARES

    एजेन्सी। ग्रीस र टर्कीमा हिजो गएको गएको शक्तिशाली भूकम्पमा हालसम्म २२ जनाको मृत्यु भएको छ।

    टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो । उक्त भूकम्प ग्रीसको क्रेटेमा समेत प्रभाव पारेको बीबीसीले जनाएकाे छ ।



    भूकम्पमा परि २० जनाको मृत्यु भएको छ भने ७८६ जना घाइते भएका छन्। ग्रीसको सामोसमा भने दुईजनाको मृत्यु भएको छ। भूकम्प र त्यसपछि परकम्पहरुका कारण इजमिर र सामोसमा मध्यम खालको सुनामी आएको छ।



    भूकम्पबाट प्रभावित दुवै शहरमा बाढीले समेत जनजीवन प्रभावित पारेको छ।

    दुवै शहरमा धेरै भवनहरु भत्किएका छन्। भवनमा फसिरहेकाहरुको उद्धारकार्य जारी रहेको छ।भूकम्पका कारण इजमिर प्रान्तमा भवनहरु भत्किएका तस्विरहरु सार्वजनिक भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार