Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एटीएम मेसिन तोडफोड गरेर पैसा लुट्न खाज्ने युवा पक्राउ

    एटीएम मेसिन तोडफोड गरेर पैसा लुट्न खाज्ने युवा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    तनहुँ । बैंकको एटीएम बक्स तोडफोड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियालाई पक्राउ गरेको हाे ।



    उनले पैसा लुट्न एटीएमलाई स्क्रुको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।



    उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ ।

    उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार