Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली विद्यार्थी कुट्नेहरुलाई कारबाही र घाइतेको उपचार गर्न नेविसंघको माग

    नेपाली विद्यार्थी कुट्नेहरुलाई कारबाही र घाइतेको उपचार गर्न नेविसंघको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपालीहरुको महान पर्व विजया दशमीको मुख्य अर्थात टीकाको दिन भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा कुटिएका नेपाली विद्यार्थीहरुको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

    शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि दसैंको टीकाको दिन कुटपिट भएको थियो ।



    कुटिएका केही विद्यार्थीहरु भागेर नेपाल आइसकेका छन् भने अन्य भारतमै छन् । नेविसंघले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको पहल गर्न सरकारसँग माग गरेको छ ।



    नेविसंघ अध्यक्ष राजीव ढुंगानाले आज एक प्रेस विज्ञप्ति जारी गरेी यस्तो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ–‘शिक्षा लिन पाउनु आधारभूत मानव अधिकारको विषय भएको र मानव अधिकारको यो आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्नेमा कुनै पनि व्यक्तिलाई मानव अधिकारबाट बञ्चित गर्ने अधिकार कुनै पनि देशको सरकारलाई नभएकोले सो घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्नका लागि तदारुकताका साथ पहल गर्न नेपाल सरकारलाई र सोको लागि आवश्यक तत्परता देखाउन भारत सरकारसँग नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ ।’ नेविसंघले नेपाली विद्यार्थीहरुलाई उद्धार गर्नसमेत माग गरेको छ ।

    यद्यपि शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा नेपाली विद्यार्थी फिर्ता गर्ने सहमति भएको छ । एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका प्रतिनिधिहरूसँग फर्कने चाहने विद्यार्थीलाई नेपाल–भारत सिमानासम्म लगिदिने सहमति गरेका हुन् । तर, नेपाली विद्यार्थीका अभिभावकहरुले भने सो सहमतिप्रति अनभिज्ञता प्रकट गरेका छन् ।

    यसैबीच बुधबार नेपाल विद्यार्थी संघको नेता दीपक ओझालाई अत्तरिया, कैलालीबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि नेविसंघले खेद व्यक्त गरेको छ ।

    सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेताहरुलाई धरपकड, पक्राउ र यातना दिइएको भन्दै नेविसंघले विरोध जनाएको हो ।

    नेबिसंघ शंकरदेव क्याम्पसका नेता दीपक ओझालाई गत असोज १७ गते नै दिनको ३ः३० बजे बुद्ध एयरको फ्लाइटबाट धनगढी गएका बेला कैलालीबाट पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार