Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीति’

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाबाट यस्तो अभिव्यक्ति आएको हो ।

पूर्वपरराष्ट्र मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो। तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता÷अस्तित्ववारे समयमै सचेत बनौं ।’

https://twitter.com/KTnepal/status/1322034243560562688

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077