Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजबाट सकियो दशैं

    आजबाट सकियो दशैं

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज बडादशैंको चौथो दिन अर्थात चौथी भएपनि आजकै दिन कोजाग्रत पूर्णिमा परेकाले आजैबाट दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ ।

    तर, भोलीलाई पनि पूर्णिमा तिथी बाँकी भएकाले कसै कसैले भने भोली पनि टिका तथा जमरा लगाउने भएका छन् ।



    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्ने धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।



    मध्यरातमा पूर्णिमा आज परेकाले समितिले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरेको पनि उनले बताए । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।

    चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो । कार्तिक स्नान र आकाशदीप दान पनि शनिबारदेखि नै शुरु हुने छ ।

    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

    आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

    माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार