Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • भारतीयलाई नागरिकता दिलाउने वडाध्यक्षसहित तीन पक्राउ

    भारतीयलाई नागरिकता दिलाउने वडाध्यक्षसहित तीन पक्राउ

    एक लाख दिएर नक्कली बुबा बनाएकाे खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। सर्वसाधरण जनताको दुःख सुखमा साथ दिनका लागि निर्वाचित गराइएका जनप्रतिनिधिले नै गैरकानुनी काम गर्छन भन्दा पत्याल नलाग्न सक्छ । तर, कैलालीमा यस्तै घटना भएको छ ।

    कैलालीमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन वडाध्यक्षले नै सिफारिस गरेको पाइएको छ । जुन गैरकानुनी कार्य हो ।



    धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीसहित तीन जना पक्राउ परेसँगै यो रहस्य खुलेको हो ।



    वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।

    वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका नक्कली दाजु बनेका खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई पक्राउ गरेको छ ।

    नक्कली बुवा बन्ने चौधरी भने फरार भएको प्रहरीले जनाएको छ ।

    भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार