Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • किन लोभिन्छन् प्रहरीका हाकिमहरु मिटरव्याजमा ? सिलवाल,खरेल र मल्ल पनि अछुतो रहेनन्

    किन लोभिन्छन् प्रहरीका हाकिमहरु मिटरव्याजमा ? सिलवाल,खरेल र मल्ल पनि अछुतो रहेनन्

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 5.4K
    SHARES

    काठमाडौं। स्वच्छ छबिका नामले चिनिदै आएका नेपाल प्रहरीका केही पूर्व अधिकारीहरुले मिटरब्याजमा पैसा लगानी गरेर आफुलाई व्याबसायिक भन्ने गर्दै आएका छन्  । प्रहरी सँगठनमा केही बदनाम अफिसरका कारण मिटरव्याजको रोग अहिले पनि निको हुन सकेको छैन।

    ती प्रहरी अधिकारीहरुको क्यासिनोमा जुवा हारेर टाट पल्टिएकाहरूलाई घरजग्गाको धनीपूर्जा वा गाडी धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्नेहरूसँग रहस्यमय कनेक्सन देखिएपछि उनीहरुको व्याबसायिकतामाथि प्रश्न चिन्ह उठेको छ।



    पछिल्लो समयमा एउटा गिरोहले आपतविपत्मा परेकाहरूको घरजग्गाको पूर्जा वा गाडी धितोमा राखी मिटरब्याजमा पैसा लगानी गर्दैआएको छ ।



    मिटरब्याजमा २ करोड दिएर २ बर्षमा ८ करोड रुपैयाँ तिर्दा पनि चुक्ता नगरेको भन्दै महेशबहादुर सिंहले कन्चटमा बन्दुक तेर्साएपछि एक समय चर्चित अर्बिट इन्टरनेशनलका उद्धव केसी सपरिवार जापान पलायन हुनुपर्‍यो । उद्धव केसी एक उदाहरण हुन्, कयौं उद्धव केसीहरूलाई उनीहरूले मिटरब्याजमा पैसा लगानी गरी करोडको सम्पत्ति लाख दिएर हडपेका छन् ।

    महेश सिंहलाई पूर्व डिआईजी रमेश खरेलले कारवाहीको दायरामा ल्याएका थिए।

    महेश सिंह, वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेलको धन्दा मिटरब्याज नै हुँदै आएको छ । यिनीहरूमध्ये अधिकांशले प्रहरीको पैसा लगानी गर्दैआएका छन् । प्रहरीको पैसा लिएर चर्को ब्याजमा लगानी गर्दै आएको यो समूहका महेश सिंह र वीरेन्द्रलालले धेरैका करोडका घर लाखमै कब्जा गरी रोडमा पु-याइदिए ।

    महेश सिंहलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा चलाएपछि मिटरव्याजकोको धन्दाबाट पलायन भइसकेका छन् । वीरेन्द्रलाल श्रेष्ठले अहिले पनि मिटरब्याजमा लगानी गर्दैआएका छन् । तर,पनि किरण गौतम र कल्याण तिम्सिना एआइजी हुँदाजस्तो उनको चकचकी अहिले छैन ।

    कुनै समय  मिडियामा सेलिब्रेटी झै छाएका सांसद तथा पूर्व डिआइजी नवराज सिलवालले मिटरब्याजकै कारण आफ्नो पदको दुरुपयोग गर्दै  गुनबहादुर थापा नामका व्यक्तिलाई फसाएर जेलमा हालेका थिए। सिलवाललाई केही मिडियाहरुले व्याबसायिक भन्ने गर्दछन् ।

    वीरेन्द्रलाल श्रेष्ठले उनै सिलवालको घर नै खाइदिएको अहिले पनि प्रहरीमा चर्चा हुने गर्दछ।

    हाल व्याबसायिक र फसाइएका डिएसपी भनेर मिडियामा जबर्जस्ती चर्चामा ल्याइएका डिएसपी कुमोद ढुङगेलले कालिमाटीका मिटरव्याजी राजन भुजेलसँग पनि कोभर्ट अप्रेशनका लागि मिटरव्याजमा लगानी गरेका होलान त ?

    ढुङगेलले दर्जनौ प्रहरीहरुको पैसा मिटरव्याजमा चलाएका कारण उनी सधैं हाकिमहरुको प्रिय बने भने पैसा नचलाउने हाकिमहरु उनको दुश्मन भएको प्रहरी कै एक डिआईजी वताउँछन्।

    बिरेन्द्रलाल श्रेष्ठबाट पीडित हुनेमा अर्का पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी पनि थिए । मल्ललेदुई बर्षसम्म बिरेन्द्रलालसँग आर्थिक कारोबार गरेर छोडेको स्रोतको छ।

    महेश सिंहलाई कारवाही गरेका अर्का सेलिब्रेटी पूर्व डिआईजी रमेश खरेलले भने बिरेन्द्रलाललाई संरक्षण नै गरिरहे। खरेलले बिरेन्द्रलाललाई मिटरव्याजमा २० लाख लगानी गरेको बाहिर हल्ला चलेपछि उक्त रकम फिर्ता लगेको उनै बिरेन्द्रलालले वताउने गरेका थिए।

    २० लाखको व्याज तिर्ने गरी पैसा चलाएको हल्ला फिजाउँदै हिंडेको बेलासमेत काठमाडौं परिसरको प्रमुख हुँदा खरेलले बिरेन्द्रलाललाई कारवाहीको दायरमा ल्याएका थिएनन्। जबकी गुण्डा नाइके रमेश बाहुनले धम्की दिएपछि उजुरी गर्न पुगेका बलराम सापकोटालाई भने खोरमा हालेर खरेलले बहादुरी प्रदर्शन गरेका थिए।

    बिरेन्द्रलालबिरुद्द जति उजुरी परे पनि खरेलले कहिले पनि पक्राउ गर्ने आँट गरेनन्, कारण थियो बिरेन्द्रलालसँगको कनेक्सन खुल्ने डर। त्यस्तै, सिलवाल र मल्लले पनि कनेक्सन खुल्ने डरले बिरेन्द्रलाललाई उल्टै संरक्षण गरिरहे।

    आज यी तीनै प्रहरीका पूर्व डिआईजीको संरक्षणका कारण दुनियाँको घर,जग्गा र गाडी कब्जा गरेर बिरेन्द्रलाल अर्बपति बनेका छन्। सिआईबीमा काम गर्ने  एसपीदेखी दर्जनौ प्रहरी अधिकारीहरु उनै बिरेन्द्रलालसँग दिनहुँ झुम्मिने गर्दछन्।

    अहिले पनि प्रहरीका केही हाकिमहरुले बिरेन्द्रलाललाई मिटरव्याजमा लगानी गरेको स्रोत वताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार