Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चेन्नईसँग कोलकाता पराजित,चेन्नईको प्लेअफमा जाने सम्भावना टर्यो

    चेन्नईसँग कोलकाता पराजित,चेन्नईको प्लेअफमा जाने सम्भावना टर्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा  चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई छ विकेटले जितेको छ। चेन्नई सुपर किंग्सले अन्तिम ओभरको अन्तिम बलमा १७३ रनको लक्ष्य हासिल गर्‍यो जहाँ रवीन्द्र जडेजाको ब्याटमा छक्का लगाएको कोलकाता नाइट राइडर्स पराजय भोग्न पर्‍यो। ।

    पहिला ब्याटिंग गरेको कोलकाताले ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। चेन्नईले अन्तिम बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। रविन्द्र जडेजाले अन्तिम बलमा एक रन आवश्यक हुँदा छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाए।



    हारसँगै कोलकाताको प्लेअफ दौडमा झट्का लागेको छ। उसको १३ खेलबाट मात्र १२ अंक छ। समान १२ अंक नै रहेको किंग्स एलेभन पञ्जावको रनरेट पनि कोलकताभन्दा राम्रो छ भने उसले अझै २ खेल खेल्न बाँकी छ। कोलकाताको भने अब १ खेलमात्र बाँकी छ। जितपछि पनि चेन्नईको प्लेअफमा जाने सम्भावना भने छैन। उसको १३ खेलबाट मात्र १० अंक भएको छ।



    जारी सिजनको प्लेअफमा पुग्ने पहिलो टिम मुम्बई इण्डियन्स बनेको छ।

    चेन्नई सुपर किंग्सले अन्तिम ओभरको अन्तिम बलमा १ 173 रनको लक्ष्य हासिल गर्‍यो जहाँ रवीन्द्र जडेजाको ब्याटमा छक्का लगाएको कोलकाता नाइट राइडर्सको इरादा नष्ट भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार