Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आईजीपीले जारी गरेको आचारसंहिता सिआईबीकै प्रवक्ताद्वारा उल्लंघन !

    आईजीपीले जारी गरेको आचारसंहिता सिआईबीकै प्रवक्ताद्वारा उल्लंघन !

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भदौ ३० मा प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरे।

    आईजीपी क्षेत्रीले जारी गरेको नयाँ आचारसंहितामा सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतंककारी गतिविधिलिाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरुमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्वीट तथा रि–ट्वीट गर्न नपाइने व्यवस्था गरिएको छ ।



    त्यस्तै ,नयाँ आचारसंहितामा प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने गरी काम गर्नुपर्ने छ । संगठनलाई अनुशासित र जिम्मेवार बनाउन यस्तो आचार संहिता जारी गरिए पनि प्रहरी अधिकारीहरुबाटै संगठनमा भड्काउ खालका  समाचारका लिंकहरु पोस्ट गर्ने क्रम रोकिएको छैन।



    प्रहरीकै केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)का प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले सुरक्षा न्याय कुटनीतिक सँवाद समुह नामक फेसबुक पेजमा ‘प्रहरी नेतृत्वले सिध्याएका चार होनहार अफिसर’ शिर्सकको एक समाचार पोस्ट गरेका छन् । सिआईबी जस्तो निकायमा काम गर्ने प्रहरी अधिकारीले नै यसरी जथाभावी पोस्ट गर्न थालेपछि आईजीपीले जारी गरेको आचारसंहिता रद्दीको टोकरीमा पुग्ने एक प्रहरी अधिकारी नै टिप्पणी गर्छन्।

    यसबारेमा प्रहरीकै एक उच्च अधिकारी भन्छन् ,’प्रहरी सँगठनमा कसैलाई खुइल्याउने र कसैलाई देवत्वकरण गर्ने हिसाबले आएका समाचारका लिंक पोस्ट गर्नु अनुशासनको खिल्ली उडाएर आचारसंहिताको उल्लनघंन गर्नु शिवाय केही होइन , जुन कुराले संगठनको गुम्दै गएको साखलाई झनै गिराउने काम मात्र हुन्छ।’

    यता कार्यादेशको पालना भए/नभएको प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको थियो । तर, नयाँ आचारसंहिता उल्लंघन गर्ने कतिलाई कारवाही गरियो भन्ने बारेमा प्रधान कार्यालयले केही खुलाएको छैन।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार