Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • रवि लामिछाने र निकितालाई कोरोना संक्रमण पुष्टि

    रवि लामिछाने र निकितालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सिधा कुरा जनतासँगको कार्यक्रमका प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना  संक्रमण पुष्टि भएको छ।

    रवि लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दुबैलाई कोरोना लागेको जानकारी दिएका हुन  । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।



    उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार