Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काेराेना कहर: युरोपमा फेरि लकडाउन, अधिकांश देशमा कर्फ्यू जारी

    काेराेना कहर: युरोपमा फेरि लकडाउन, अधिकांश देशमा कर्फ्यू जारी

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको जनाएको छ । सोहि क्रममा फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

    शुक्रवारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन्।



    कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अहिले फ्रान्समा लक डाउन घोषणा गरिएको छ । भने अन्य युरोपेली राष्ट्रहरुले समेत संकटकाल घोषणा गरिरहेका छन् । स्पेन, जर्मनी, बेल्जिम लगाएतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् ।



    लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धि कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार ब्यबसायहरु पुर्णरुपमा बन्द रहने छन, रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ । यद्यपि बिद्यालय र कारखानाहरु भने पुर्णरुपमा सञ्चालन हुनेछ ।

    राष्ट्रपति म्याक्रोंले फ्रान्समा लागू गरिएको यो दोश्रो चरणको लकडाउन पहिलो भन्दा कडा हुने भन्दै सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गर्नुभएको छ । हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उनले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गरे ।

    फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजाराको हाराहारीमा नयाँ संक्रमित थपिनुका साथै थप २ सय ४४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या १२ लाख ३५ हजार १ सय बढी पुगेको छ । कोरानाका कारण त्यहाँ ३५ हजार ७ सय ८५ बढीको मृत्यु भइसकेको छ ।

    स्विट्जरल्याण्डका अधिकांश प्रान्तका अस्पतालहरु कोभिडका बिरामीले भरिभराउ भएपछि नयाँ संक्रमितहरुलाई भर्ना लिन असमर्थ भएको सुचना जारी गरिसकेको छ ।

    एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो। माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए।

    यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन्। युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ।

    थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार