Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गण्डकीमा एक सय ५५ जना काेराेना संक्रमित थपिए, दुईको मृत्यु

    गण्डकीमा एक सय ५५ जना काेराेना संक्रमित थपिए, दुईको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.8K
    SHARES

    पाेखरा । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

    थप हुनेमा कास्कीका ९८, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक/एक जना छन् ।



    गण्डकीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।



    त्यस्तै नवलपरासी गैंडाकोटका ५४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार