Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए

    बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । बेलायतमा बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।

    ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ ।



    यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।



    यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।

    सरकारी तथ्याङ्कअनुसार झन्डै एक तिहाई मृतकहरु ७५ वर्ष भन्दा माथिका रहेका छन् । तर पछिल्लो समयमा भने ठूलो संख्यामा मृत्यु हुनेमा ९० वर्षमाथिका रहेका छन् ।

    कोरोनाको संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार २२७ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन्।

    हाल ९०२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने ९ हजार ५२० जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार