Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीन मामिलामा राष्ट्रपतिका दुई प्रतिद्वन्दी एकै ठाउँमा

    चीन मामिलामा राष्ट्रपतिका दुई प्रतिद्वन्दी एकै ठाउँमा

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिका दुई उम्मेदवारको एजेण्डा एउटै भएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी रहेको अवस्थामा यसले समग्र विश्वको ध्यान केन्द्रित गरेको छ ।

    नोभेम्बर ३ मा हुन गइरहेको यो निर्वाचनमा निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन चुनावी मैदानमा छन् ।



    उनीहरुले बोकेका मुद्धामा धेरै अन्तर भएपनि चीनको मुद्दामा भने उनीहरु एकै ठाउँमा छन् । अर्थात, जसले जितेपनि अमेरिकाको चीन नीतिमा भने धेरै फरक आउने देखिँदैन ।



    ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछिको चार बर्षको अबधिमा अमेरिकाको चीनसँगको सम्बन्ध कमजोर विन्दुमा पुग्यो । तर आगामी निर्वाचन बाइडनले जिते पनि चीनप्रतिको नीतिमा भने खासै अन्तर नआउने देखिएको छ । यद्यपि निर्वाचनमा चीनले ट्रम्पलाई भन्दा बाइडनलाई रुचाएको पाइन्छ ।

    अहिले चीन र अमेरिकाको बीचमा कोभिड–१९, प्रविधि, व्यापार, सुरक्षा र जासुसी, प्रविधिका विषयमा द्वन्द्व चर्केको छ । साथै, हङकङ, ताइवान नीति र सिन्चियाङ र तिब्बतका धार्मिक तथा आध्यात्मिक अल्पसंख्यकको मानव अधिकारका विषयमा पनि दुई मुलुकको बीचमा विवाद छ ।

    पछिल्लो केही समययता अमेरिकामा पनि चीनविरोधी भावना बढेको छ । गत मार्च महिनामा पेउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा सहभागी दुई तिहाइले चीनको विषयमा नकारात्मक धारणा व्यक्त गरेका थिए । ट्रम्प आएपछि चीनबाट आउने अधिकांश सामग्रीमाथि अमेरिकामा भन्सार शुल्क बढाइएको छ ।

    सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका सीईओ रिचार्ड फन्टेनका अनुसार बाइडनले चिनियाँ सामग्रीमा लगाइएको करमाथि पुनरावलोकन गर्नेछन् तर उनीसँग विशिष्ट योजना पनि हुनेछ ।

    उनले व्यापार र प्रविधिको मामिलामा नयाँ किसिमको नीति ल्याउन सक्ने फन्टेनको भनाइ छ । अहिले ट्रम्पले अमेरिकाको भटमास र अटो खरिद बढाउन दबाब दिँदै चीनसँगको व्यापार घाटा कम गर्ने जस्तो प्रयास नगरे पनि बाइडनले बौद्धिक सम्पत्ति चोरीको सम्झौता गर्दै दुई मुलुकको समस्या सुल्झाउन सक्ने फन्टेनको बुझाइ छ ।

    यस अघि बाराक ओबामाको प्रशासनले पनि मानव अधिकारको मुद्दामा चीनलाई दबाब दिएको थियो । त्यसैले बाइडन अमेरिकाको सत्तामा आए मानव अधिकारको मुद्दा झन् चर्किने सम्भावना छ ।

    यद्यपि बाइडनले आगामी निर्वाचनमा जित हात पारेमा केही क्षेत्रमा भने चीनलाई फाइदा हुनेछ । बाइडन जलवायु परिवर्तन, उत्तर कोरिया, इरान र कोभिड–१९ को समस्या चीनसँगको सहकार्यमा समाधान गर्न सकिन्छ भन्ने पक्षमा छन् । त्यसैले यी कुरामा भने चीनलाई बाइडनको आगमन सुखद् हुनसक्छ ।

    स्रोतः एपी, सीएनबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार