Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुई फरार प्रतिवादी पक्राउ

    दुई फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    बागलुङ । कुटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका–८ का राजु परियार छन् ।

    अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।



    ३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले विसं २०७१ वैशाख १३ मा आठ महिना कैद र रु चार हजार जरिवानाको फैसला गरेको थियो । यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले विसं २०७३ माघ १० मा रु छ हजार जरिवानाको सजाय पाएका थिए ।



    पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार