Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पर्सामा प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी

    पर्सामा प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 5.2K
    SHARES

    बीरगंज । पर्सामा प्रहरीकै मिलेमताेमा खुलेआम तस्करी भइरहेको छ । पर्साको इनर्वा, भिस्वा जस्ता नाकाबाट निर्वाध रुपमा तस्करी भइरहेको छ । यी नाकाबाट तस्करी भएको सूचना प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहसम्म पुगेको छ । समाचार स्रोतका अनुसार एसपी गंगा पन्तलाई पनि सो गाउँका स्थानीयले तस्करीका बारेमा जानकारी गराएका छन् ।

    इनर्वाका स्थानीय पत्रकार उमेश यादवले केही दिनअघि तस्करी भैरहेको तस्वीर र भिडियो खिचेपछि चौकीका इन्चार्ज जयप्रकाश पाण्डेले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । एसपी पन्तका सामुन्ने पत्रकार उमेश यादवले तस्करीको बारेमा सबै कुरा भनिदिएपछि उनलाई इनर्वाको तस्करीको संजालबारेमा जानकारी भएको थियो । तर पनि तस्करी भने रोकिएको छैन । राजकुमार महतो र भोलाले इनर्वा प्रहरी चौकीको सेटिङमा तस्करी चलाइरहेको जानकारी प्रदेश प्रहरी कार्यालयसम्म पुगेको छ ।
    हुण्डीको अवैध कारोबार पनि यो नाकाबाट चलिरहेको छ भने पटका, हार्डवेयर, कपडा र प्रतिबन्धित औषधीको तस्करी पनि सो नाकाबाट भैरहेको छ । साथै बलिरामपुरकी रेखा भन्ने महिलालाई पनि प्रहरी सेटिङमा तस्करीको लाइन दिइएको छ ।



    त्यस्तै बीरगंजको भिस्वाबाट पनि ठूलो तस्करी चलेको छ । सशस्त्रको बनजारी बीओपीका निरीक्षक सन्जीव बानियाँको सेटिङमा तस्करी चलेको छ । तस्करीको लाइन दिनेश रौनियारले पाएका छन् । तीन दिनयता सो नाकाबाट तीन ट्याक्टर मटर दिनेश रौनियारले भारत तस्करी गराइसकेका छन् । भन्सारको लिलामीमा उठाएको पाँच टन केराउ तस्कर दिनेश रौनियारले भिस्वामा लगि सोनु रौनियारको घरमा गोदाम गरेका छन् । तर दिनेशले लिलामीको भन्दा दशौं गुणा बढी केराउ सशस्त्रको सेटिङमा भारत तस्करी गरिरहेका छन् । २५ किलोको बोरामा हालेर मोटरसाइकलमा राखी दिउँसै केराउ तस्करी हुँदै आएको छ ।



    भिस्वा बन्यो तस्करीको अखडा
    सशस्त्र प्रहरीको बनजारी स्थित बीओपीबाट खटिएका घुमुवाहरूले तस्करसँग रकम लिई ठूलो मात्रामा तस्करी संचालन गर्दै आईरहेका छन् । ती घुमुवाहरू बिओपीका निरीक्षक संजीव बानियाँले परिचालन गर्दै आइरहेका छन् । बानियाँले वरिष्ठ हवल्दार दिनेश यादव र सिपाही सुरेन्द्र यादवलाई घुमुवाका रूपमा परिचालन गरेका छन् । अहिले भिस्वा नाकाबाट केराउ, मरिच, कपडा, हाडवेयरका सामानदेखि इलेक्ट्रोनिक सामानको ठूलो तस्करी भैरहेको छ । देख्दा सीमा बन्द भनिए पनि अहिले यो नाका तस्कर,र तस्करीको अखडा बनेको छ । केही दिनअघि अनरजित गिरीको भारतबाट आउँदै गरेको भैंसी छिपहरमाई वडा नम्बर १ भलुवहियाको ओरिया खोलामा रोकेर घुमुवा दिनेश यादवले ७ हजार रूपैयाँ घुस लिएर छाडिएको थियो । एक भैंसीबराबर उनले ७ हजार घुस लिएको आरोप छ ।

    बीओपी इन्चार्ज बानियाँको आदेशमा छोडेको कुरा बाहिरिएपछि यादवलाई घुमुवाबाट हटाइएको थियो । त्यो काण्डमा निरीक्षक बानियाँलाई पनि छानबिन हुने देखिएपछि घुमुवा हटाएर उनी कारवाहीबाट जोगिएका थिए । सो कुरा स्थानीय संचार माध्यममा पनि सार्वजनिक भएको थियो । तस्करीको लाइन दिनेश रौनियारले पाएका छन् । दशैंको फुलपातीभन्दा अघिका तीन दिनका बीचमा उक्त नाकाबाट तीन ट्याक्टर केराउ दिनेश रौनियारले भारततर्फ पठाएका थिए । भन्सारको लिलामीमा उठाएको पाँच टन केराउ रौनियारले भिस्वामा लगि सोनु रौनियारको घरमा गोदाम गरेका छन् । तर दिनेशले लिलामीको भन्दा दशौ गुना बढी केराउ सशस्त्रको सेटिङमा भारत तस्करी गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार