Online Nepal
  • बुधबार, २ माघ २०८१
  • बिहार निर्वाचन: ७१ पदका लागि १०६६ उम्मेदवार

    बिहार निर्वाचन: ७१ पदका लागि १०६६ उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।

    पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।



    बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ ।

    बुधबार मतदान भइरहेको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ ।

    निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो ।

    मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भइरहेको हो ।

    मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । मापदण्डहरु पूर्ण रुपमा पलना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार