Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाको कहरबीच भारतको बिहार विधानसभाका लागि पहिलो चरणको मतदान सुरु

    कोरोनाको कहरबीच भारतको बिहार विधानसभाका लागि पहिलो चरणको मतदान सुरु

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडाैँ । भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत बुधबार पहिलो चरणको मतदान सुरु भएको छ । बिहार विधानसभाको २४३ सिटमध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान भइरहेको छ ।

    कोरोना महामारीका बीच पहिलो पटक बिहारमा मतदान भएको हो । नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए)का तर्फबाट ७१ सिटमध्ये मुख्यमन्त्री नितीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, पूर्व मुख्यमन्त्री जीतनराम माझीको पार्टी हम–एस ६ र मुकेश सहनीको भीआइपीले एक सिटमा उम्मेदवारी दिएको छ ।



    अर्कोतर्फ राष्ट्रिय जनता दल (आरजेडी) ले ४२, काँग्रेस आईले २१ र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले ८ सिटमा उम्मेदवारी दिएको छ ।
    तेस्रो ध्रुवका रुपमा लोक जनशक्ति पार्टीले ४१ सिटमा उम्मेदवारी दिएको छ । यो दल यस पटक एनडिएबाट अलग भएर चुनाव लड्दैछ । यस क्रममा पहिलो चरण अन्तर्गत लोक जनशक्ति पार्टीले जेडीयुका सबै अर्थात् ३५ उम्मेदवारविरुद्ध नै उसले आफ्ना प्रत्यासी खडा गरेको छ ।



    पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् । मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् । बिहारमा दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो तथा अन्तिम चरणको मतदान ७ नोभेम्बरमा हुँदैछ । मत परिणाम भने १० नोभेम्बरमा एकसाथ सार्वजनिक गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार