Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आईपीएल : दिल्लीको कमजोर ब्याटिङ, हैदराबादको सानदार जीत

    आईपीएल : दिल्लीको कमजोर ब्याटिङ, हैदराबादको सानदार जीत

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं।इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई सहजै रुपमा हराएको छ। दिल्लीमाथि ८८ रनको फराकिलो अन्तरले हैदराबाद बिजयी भएको हो ।

    टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गरेको थियो। हैदराबादले  निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको थियो ।



    हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक  ८७ रन बनाएका थिए ।  कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन जोडे। त्यस्तै मनिष पाण्डेले अभिजित ४४ रन जोड्दा केन विलियमसन ११ रनमा अभिजित रहे।



    दिल्लीका लागि एनरिच नोर्टजे र रबिचन्द्रन अश्विनले समान १र१ विकेट लिए।

    २२० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नै कमजोर देखियो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन बनाए भने अजिन्क्य रहाणेले २६ रन बनाए।

    हैदराबादका लागि राशिद खानले  सर्वाधिक ३ विकेट लिएका थिए।  सन्दीप शर्मा र टी नटराजनले समान २/२ विकेट लिए भने शहाबज नदीम, जेसन होल्डर, र विजय शंकरले समान १/१ विकेट लिए।

    यो जितसँगै हैदराबाद तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार