Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : दिल्लीको कमजोर ब्याटिङ, हैदराबादको सानदार जीत

काठमाडौं।इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई सहजै रुपमा हराएको छ। दिल्लीमाथि ८८ रनको फराकिलो अन्तरले हैदराबाद बिजयी भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट ब्याटिङ गरेको थियो। हैदराबादले  निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१९ रन बनाएको थियो ।

हैदराबादका लागि ऋद्धिमन शाहले सर्वाधिक  ८७ रन बनाएका थिए ।  कप्तान डेभिड वार्नरले ३४ बलमा ६६ रन जोडे। त्यस्तै मनिष पाण्डेले अभिजित ४४ रन जोड्दा केन विलियमसन ११ रनमा अभिजित रहे।

दिल्लीका लागि एनरिच नोर्टजे र रबिचन्द्रन अश्विनले समान १र१ विकेट लिए।

२२० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नै कमजोर देखियो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन बनाए भने अजिन्क्य रहाणेले २६ रन बनाए।

हैदराबादका लागि राशिद खानले  सर्वाधिक ३ विकेट लिएका थिए।  सन्दीप शर्मा र टी नटराजनले समान २/२ विकेट लिए भने शहाबज नदीम, जेसन होल्डर, र विजय शंकरले समान १/१ विकेट लिए।

यो जितसँगै हैदराबाद तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077