Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपा नेता गजुरेलले भने-दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन्

    नेकपा नेता गजुरेलले भने-दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन्

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता हरिबोल गजुरेलले दशैं मनाउने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग नेकपा नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले धर्म नमान्ने भएकाले आफूहरुले दशैँ नमान्ने गरेको बताए ।

    उनले दशैं मनाउनेहरुलाई अन्धविश्वासी रहेकाे बताएका छन्। कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उनको भनाई थियो । नेता गजुरेले आफू कहिल्यै मन्दिरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट गरे । नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी समेत दिए ।



    आफूहरु धर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उनले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पारे । नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उनले घुमाउरो तरिकाले सच्चा कम्युनिष्ट हुन नसकेको आरोप लगाए ।



    नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरित दशैँ बहिस्कार गर्ने गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार