Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रभु साहको आरोप – कांग्रेस डाइनासोर जस्तै बन्यो

    प्रभु साहको आरोप – कांग्रेस डाइनासोर जस्तै बन्यो

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 2.8K
    SHARES

    गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेर कांग्रेस डाइनासोर जस्तै बनेको वताएका छन् ।

    आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले कांग्रेससंग पुरानै विचार, पुरानै संगठन र पुरानै शैली भएकोहुँदा कांग्रेसबाट समाजले केही अपेक्षा राख्नु व्यर्थ रहेको उल्लेख गरे ।



    उनले भने, ‘कांग्रेस डाइनोसोरजस्तै बनेको छ, समय अनुकुल बदलन सकेको छैन ।’  बिपि कोइरालाको समयमा क्रान्तिकारी दलको रुपमा रहेपनि अहिले भने कांग्रेस बूढो भएको उनको भनाई छ ।



    सांसद साहले अहिलेको कांग्रेस अत्याचार, बेथिति र लुटतन्त्र बढाउने भ्रष्टहरूको झुण्ड भएको आरोप लगाए ।

    उनले कांग्रेस दलाल तथा सामन्तीहरुको रक्षामा मात्र सिमित भएको आरोप लगाए । कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, फतुवा विजयपुर नगरपालिकी उपमेयर कान्तिदेवी महतो, मेयर पदला प्रत्यासी सुरेन्द्र यादव एवम् बुधाई खाँलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार