Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चेन्नेईले बैंगलोरलाई ८ विकेटले पराजित गर्‍यो

    चेन्नेईले बैंगलोरलाई ८ विकेटले पराजित गर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज भएको खेलमा  चेन्नेई सुपर किङ्सले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।

    दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष चेन्नेईले १८ ओभर चार बलमा दुई विकेटको क्षतिमा पूरा गर्न सफल भएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोर २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।



    चेन्नईका रुतुराज गायकवाडले ६५ रनको अर्धशतकीय इनिङ्स खेले भने अम्बाती रायडु ३९, फाप डु प्लेसिसले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी १९ रनमा समेटिए। बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १र१ विकेट लिए।



    बैंगलोरका कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । एबी डी भिलियर्स ३९, देबदूत पडीक्कलले २२ रन जोड्दा आरोन फिन्चले १५ रन मात्र बनाए।

    चेन्नईका साम करणले ३ विकेट लिए भने दिपक चाहरले तथा मिचेल स्टानरले १र१ विकेट लिए। यो जितसँगै चेन्नई सातौं स्थानमा उक्लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार