Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • गर्लफेन्डको विषयमा विवाद हुँदा भक्तपुरमा भारतीय नागरिकको हत्या, दुई जना पक्राउ

    गर्लफेन्डको विषयमा विवाद हुँदा भक्तपुरमा भारतीय नागरिकको हत्या, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.5K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले  भारतीय नागरिकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका-१ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।

    प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सँगै काम गर्ने भारतीय नागरिक सलमान खान र १९ वर्षका सानु अन्सारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।



    प्रहरीका अनुसार कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरी  गर्लफेन्डको विषयमा विवाद भएको थियो ।



    त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको अनुसन्धानका क्रमा खुलेको छ ।

    घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा  र तालिमप्राप्त २ वटा कुकुर पनि प्रयोग गरिएको गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार