Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतमा कोरोना संक्रमितकाे सख्या ७८ लाख नाघ्याे

    भारतमा कोरोना संक्रमितकाे सख्या ७८ लाख नाघ्याे

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ ।



    भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।



    महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ ।

    कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार