Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेहा कक्कडले गरिन् विवाह

    नेहा कक्कडले गरिन् विवाह

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 3.1K
    SHARES

    मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह गरेकी छन्। उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् ।

    विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए । नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।



    दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो । नेहाले केही अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार