Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एल क्लासिकोमा रियल मड्रिड विजयी

    एल क्लासिकोमा रियल मड्रिड विजयी

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिकोको रियल मड्रिडले जितेको छ । भर्खरै सकिएको खेलमा रियलले बार्सिलोनालाई ३–१ ले पराजित गरेको हो ।

    रियलको जितमा फेडेरिको भालभर्डेले खेलको पाँचौ मिनेटमै पहिलो गोल गरे । त्यसको तीन मिनेट नबित्दै बार्सिलोनाका अन्सु फातीले गोल फर्काएर खेल बराबरीमा टुंग्याए । यो गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । उनले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।



    पहिलो हाफमा त्यसपछि भने गोल हुन सकेन । दोसो हाफमा रियलका सर्जियो रामोसले ६३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलमा २–१ को अग्रता कायम गरे । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो



    त्यसैगरी ९० औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै बार्सिलोनामाथि ३–१ को शानदार जित दर्ता गरे । बार्सिलोनामाथि शानदार जित दर्ता गर्दै ६ खेल खेलेको रियल मड्रिड १३ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । लिगको दसौं स्थानमा रहेको बार्सिलोनाले ५ खेल खेल्दै सात अंक जोडेको छ । सभार अन्नपुर्ण पाेष्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार