Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोलकातासँग दिल्ली पराजित

    कोलकातासँग दिल्ली पराजित

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिगको आज भएको खेलमा कोलकाता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराएको छ ।

    कोलकाताले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भयो ।



    दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४७ रन बनाए । ३८ बल सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए ।



    दिल्लीका ओपनिङ ब्याट्सम्यान अजिंक्य रहाणेलाई प्याट कमिन्सले पहिलो बलमै एलबीडबल्यूमार्फत आउट गराए ।

    दिल्लीका भरपर्दा ब्याट्सम्यान शिखर धवन पनि कमिन्सकै बलमा ६ रन बनाएको अवस्थामा बोल्ड भए । दिल्लीका लागि ऋषभ पन्तले २७, शिमरन हेटमेयरले १० तथा रविचन्द्रन आश्विनले १४ रन बनाए । दिल्लीका अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    कोलकाताका लागि वरुण चक्रवर्तीले किफायती बलिङ गरे । उनले ४ ओभरमा २० रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै कोलकाताका लागि प्याट कमिन्सले ३ तथा लोकी फर्गुसनले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । कोलकाताका लागि नितिश राणाले सर्वाधिक ८१ रन बनाए ।

    उनले ५३ बल मा १ छक्का र १३ चौकामा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै कोलकाताका लागि सुनिल नारायणले ६४ रन बनाए । ३२ बलको सामना गरेका उनले ४ छक्का र ६ चौका प्रहार गरेका थिए ।

    दिल्लीका लागि एनरिच नोर्ट्जे, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान २÷२ विकेट लिए ।

    शनिबारको खेलमा हार बेहोरे पनि रनरेटका आधारमा दिल्ली क्यापिटल्स अंकतालिकाको दोस्रो स्थानमै कायम रहेको छ । समान १४ अंक भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स पहिलो र रोयल च्यालेन्जर्स बेंग्लोर तेस्रो स्थानमा रहेका छन् । जितपछि पनि कोलकाता भने १२ अंकसहित चौथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार