Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णालीले पनि गर्ने भयो कोरोना संक्रमितको निशुल्क परीक्षण र उपचार

    कर्णालीले पनि गर्ने भयो कोरोना संक्रमितको निशुल्क परीक्षण र उपचार

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । संघीय सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार गर्न नसक्ने भन्दै मूल्य सूची नै तयार पारेको जानकारी गराएका बेला कर्णाली प्रदेशले भने निशुल्क उपचार गर्ने भएको छ ।

    कर्णाली प्रदेश सरकारले लक्षणसहितका कोरोना संक्रमितको परीक्षण तथा उपचार निस्शुल्क गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।



    कर्णाली प्रदेशमा शुक्रबारसम्म ८६ हजार ३ सय ५ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले १ हजार १ सय ८७ जना संक्रमित आइसोलेसनमा बसिरहेका छन् भने कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार