Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतमा नयाँ काेराेना संक्रमितको संख्यामा कमी

    भारतमा नयाँ काेराेना संक्रमितको संख्यामा कमी

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा लगातार दोस्रो दिन नयाँ सक्रमितको संख्यामा कमी आएको छ ।

    पछिल्लो दिन भारतमा ५३ हजार ९३५ जना नयाँ संक्रमित फेला परेका छन् । २१ अक्टुबरमा ५६ हजार २६४ जना संक्रमित थपिएका थिए भने २२ अक्टुबरमा ५४ हजार ३६७ संक्रमित फेला परेका थिए ।



    देशमा सक्रिय संक्रमितको संख्या ६ लाख ८० हजार ८०१ पुगेको छ । कूल संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ रहेको छ । यसमध्ये ७० लाख १३ हजार ५६९ संक्रमित निको भएका छन् ।



    इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २३ अक्टुबरसम्म भारतमा १० करोड १३ लाख ८२ हजार ५६४ जनाको परीक्षण भएको छ । शुक्रबार १२ लाख ६९ हजार ४७९ जनाको परीक्षण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार