Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काेराेना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागि गंगालाल अस्पताल भर्ना

    काेराेना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागि गंगालाल अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।

    मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएकाे छ ।



    मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।



    नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंं पठाइएकाे पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

    पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ ।

    एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार