Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

    भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।



    मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।



    भारतमा शुक्रबारसम्म एक लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा एक लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ ।

    अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा एक लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । यहाँ १० हजार ६९६ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

    केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करिब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा एक हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोनाभाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोनाभाइरसका करिब १० करोड नमूना परीक्षण गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार