Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पौडेल आउनासाथ निगमको जहाज हङकङमा प्रतिबन्ध, अक्षम बन्ने पथमा

    पौडेल आउनासाथ निगमको जहाज हङकङमा प्रतिबन्ध, अक्षम बन्ने पथमा

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सलाई हङकङमा दोस्रोपटक प्रतिबन्ध लागेको छ । यसअघि पनि नेपाल एयरलाइन्सले लगेको यात्रुमा कोरोना पुष्टि हुँदा दुई हप्ताको प्रतिबन्धमा परेको थियो ।

    नेपाल एयरलाइन्सलाई हङकङमा  प्रतिबन्ध लागेको बेला नेपाल वायु सेवा निगमका नवनियुक्त  महाप्रवन्धक  डिम प्रकाश पौडेलले भने कुनै चासो नदेखाएको निगमका एक कर्मचारी वताउँछन् ।



    यात्रुहरुको कोरोना रिपोर्टको बिषयमा पनि पौडेलले वास्ता नै नगरेको हुँदा ल्याबको परीक्षण गुणस्तर झन खस्कने अवस्थामा पुगेको छ ।



    अहिले पनि निगमले लबिङ गर्न नसक्दा नेपाली राष्ट्रिय ध्वजाबाहक प्रतिबन्धमा परेको छ । यो प्रतिबन्ध नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ।

    काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर आएका ९ यात्रुमा कोरोना देखिएको हो ।  गत अक्टोबर ३ मा नेपाल एयरलाइन्स चढेर हङकङ पुग्ने ६ जनामा कोरोना देखिँदा पनि यस एयरलाइन्सले दुईहप्ताको प्रतिबन्ध झेलेको थियो।

    सो प्रतिबन्ध चार दिनअगाडिमात्र फुकुवा भएको थियो। उडान फेरि सुरु भएपनि यो प्रतिबन्धको कारण नेपाल एयरलाइन्स थप दुई हप्तासम्म हङहङ जान नपाउने भएको छ ।

    हङकङको सरुवा रोग रोकथाम केन्द्रका प्रमुख डाक्टर चुआङ सुक–क्वानले नेपाल एयरलाइन्सबाट आएका ९ जनामा कोरोना देखिएको पष्टि गरेका थिए ।

    नेपालबाट जुनसुकै देशमा जाने यात्रुले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने प्रावधान छ। यसअघि यात्रुको असावधानिका कारण यस्तो घटना भएको भनिएपनि अहिले भने नेपालको ल्याबको परीक्षण गुणस्तरमा शंका उब्जेको छ ।

    हङकङ यो खालको परीक्षणको लागि अब्बल राष्ट्र मानिन्छ ।

    पौडेललाई धक्का

    दुई साता अघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विशेष निगाहमा नेपाल वायु सेवा निगमको  महाप्रवन्धक बनाइएका डिम प्रकाश पौडेलले १४ बुँदे अनुशासन पत्र जारी गरेका छन् ।

    पत्र सम्पूर्ण बिभागिय प्रमुखहरुलाई दिइएको बताइएको छ । पत्रका अधिकांश बुँदा अनुशासनमा केन्द्रित छन् ।  निगममा बेला बेला अनुशासनका कुराहरु उठ्ने गरेका छन ।
    कर्मचारीलाई अनुशासन सिकाएकै बेलामा नेपाल एयरलाइन्सलाई हङकङमा दोस्रोपटक प्रतिबन्ध लागेको छ ।अहिले निगमका कर्मचारीहरुले यसैलाई मजाक बनाएका छन्।

    पहिले निगमलाई सही ‘ट्र्याक’ मा ल्याउनका लागि अनुशासन पत्र भन्दा पनि श्वेत पत्र नै जारी गर्नुपर्ने आवश्यकता रहेको कर्मचारीहरु वताउँछन् ।

    तर, विशुद्द राजनीतिक स्वार्थका लागि भएको पौडेलको यो नियुक्तीले त्यस्तो विश्वासको कतै छनक देखिदैन ।

    पेशाले चार्टड एकाउन्टेड भएपनि अहिले पौडेल नेपाल बायुसेवा निगममा महाप्रबन्धकका रुपमा राजनीतिक नियुक्तीमा टेकेर निगम छिरेका छन् ।

    त्योपनि राजनीतिक आडभरोसकै नियुक्ती थियो । पौडेल अब मदन खरेलको पथमा पुग्नसक्ने अवस्था उनी आएको १० दिनमैं दिइएको अनुशासनको पाठले देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार